भूकम्पले भत्किएका सम्पदाहरु ठडिँदै : मन्दिर, पाटीपौवाको पुनर्निर्माणको काम धमाधम (फाेटाे फिचर)

 फागुन २८, २०७८ शनिबार ९:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

जैशीदेवल काठमाण्डाै

काठमाण्डाै - २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका काठमाण्डौका सम्पदाहरु धमाधम बन्दैछन् ।

काठमाण्डौको वसन्तपुर र जैसीदेवल, ललितपुरको पाटन, ठेँचो र बुङ्मती तथा भक्तपुरको दरबार परिसर र दत्तात्रय वरपर मन्दिर पाटीपौवा पुनर्निर्माणको काम भइरहेको छ ।

आस्था, विश्वाससँगै ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वलाई जस्ताको तस्तै राख्न चुनौतीपूर्ण भएकाले सम्पदा पुनर्निर्माणको काममा ढिलाइ भएको हो ।

परम्परागत प्रविधि र सिपको हस्तान्तरण र पुस्तान्तरण नहुँदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु सङ्ग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाइ भएको छ । सम्पदा पुनर्निर्माणमा सघाउने कालीगढको समेत अभाव रहेको निर्माणमा संलग्नहरुको भनाइ छ ।

तस्बिर: 

लक्ष्मीनरसिंह मन्दिर भक्तपुर

लक्ष्मीनरसिंह मन्दिर भक्तपुर

माजु देवल पाटन

ब्र्म्हायणी मन्दिर ठेँचो

ब्रम्हायणी मन्दिर ठेँचो 

वसन्तपुर दरबार 

पाटन दरबार

पशुपतिनाथ भक्तपुर

तलेजुभवानी र जगन्नाथ मन्दिर 

फसिदेग शिलु महादेव भक्तपुर

वंशीगोपाल भजन भक्तपुर 

हनुमान ढोका तस्बिर : न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया